काठमाडौं : गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द, संगीत र संयोजन रहेको ‘माया विरानी’लाई एचबीएन किस्मतले मिक्सिङ गरेका छन् ।
गायिका पुरीले उक्त गीतको अनप्लग भिडियोसमेत सार्वजनिक गरेकी छन् । गायिका पुरीले आफ्नै यूट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरेकी छिन् । भिडियोलाई तृप्ती खड्काले निर्देशन गरेकी छन् भने तपेश जोनको छायाँकन र सम्पादन रहेको छ ।
गायिका पुरीको दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । यसअघि सार्वजनिक भएका उनको गीतहरुलाई दर्शकले पनि रुचाउँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies