काठमाडौं : लकडाउनका विच पनि यो वर्ष ललितपुरको रातो मत्स्येन्द्रनाथको महास्नान हुने भएको छ । गुठी संस्थान ललितपुरले आगामी २७ गते मत्स्येन्द्रनाथको महास्नान गर्ने साइत निकालेको हो ।
महास्नान भएपनि त्यसको भोलिपल्टवाट हुने रथ निर्माण कार्य भने अघि बढने या नबढने भन्ने अन्यौल छ । गुठी संस्थानले २८ गतेबाट तीन दिन पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेपनि बराही समूहले अहिलेकै अबस्थामा रथ निर्माण गर्न नसकिने जनाएको छ । रथ निर्माणमा दैनिक ५० जना भन्दा बढि मानिस खटिने गर्दछन् ।
स्वास्थ्य र सुरक्षाको प्रत्याभुति नभइ लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने उनीहरुको भनाइ छ । महास्नानको समयमा पनि सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग बाराही समूहले राखेको छ ।
गुठी संस्थानले भने महास्नानमा सहभागी हुनेका लागि गुठीयारका लागि आवतजावत गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरलाई अनुरोध जनाएको छ । रथमा काठको काम बाराही र बेथको काम यवाल गुठीयारले गर्छन् । यो वर्ष चैत २८, २९ र ३० गते पुल्चोकमा रथ निर्माण गर्ने तालिका छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies