काठमाडौं : लकडाउनको समयमा एनआईसी एशिया बैंकले घरबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले लकडाउनको समयमा ग्राहकलाई बैंकको शाखासम्म पुग्न नपर्ने तथा ग्राहकको समय बचत हुने गरी यस्तो सुविधा ल्याएको जनाएको छ ।
सुविधाअन्तर्गत ग्राहकले घरमै बसिबसी विभिन्न ८ चरणमा निःशुल्क खाता खोल्न सक्नेछन् । खाता खोल्न चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर बचत वा मुद्दती खाता खोल्न सक्नेछन् ।
सबै शर्त पूरा भएपछि एक फर्म भरी कुन प्रकारको खाता छनोट गर्ने हो, सोही खाता छनोट गर्न सकिने पनि बैंकले जनाएको छ ।
विश्वव्यापी महामारीको असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद् पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies