काठमाडौं : अष्ट्रेलियाबाट प्रकाशित हुने द नेपाली टाइम्स अनलाईनले नेपाल प्रेस युनियन मार्फत एक सय थान ज्याकेट विभिन्न जिल्लाका पत्रकारहरुलाई वितरण गरेको छ ।
अष्ट्रेलियाबाट प्रकाशित हुने लोकप्रिय अनलाईन पत्रिका द नेपाली टाइम्सले कोरोनाको संक्रमणका बेलामा फ्रन्ट लाइनमा काम गर्ने देशभरका पत्रकारहरुका लागि सो ज्याकेट प्रदेश नम्बर दुई तथा उदयपुर लगायतका जिल्लामा वितरण गरिएको थियो ।
नेपाली टाइम्सका प्रकाशक तथा गैरआवासीय नेपाली संघको पूर्व क्षेत्रिय संयोजक समेत रहेका महेन्द्र लम्सालले सो ज्याकेट नेपाल प्रेस युनियन मार्फत वितरण गर्ने गरि हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका लम्सालले अष्ट्रेलियामा नेपालीहरु माझ लोकप्रिय द नेपाली टाइम्स पत्रिका पनि प्रकाशित गर्दै आएका छन् । विभिन्न काम गरेर समाजसेवा गर्दै आएका लम्सालले कोरोनाको संक्रमण विरुद्ध अग्रमोर्चामा काम गरिरहेका पत्रकारहरुका लागि सानो सहयोग गरेको बताए ।
लम्सालले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका सल्लाहकार शिव लम्साल प्रेस युनियनका सचिव खिला कार्की मार्फत सो ज्याकेट विभिन्न जिल्लाका पत्रकारहरुलाई हस्तान्तरण गरिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies