गुल्मी : कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको ३१ घण्टापछि आज अन्येष्टि गरिएको छ । नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीले शव उठाएपछि शव बुटवल उपमहानगरपालिका–१० चरङ्गेमा व्यवस्थापन गरिएको हो ।
यसअघि शव कसले उठाउने भन्ने विषयमा सहमति नहुँदा शव अस्पतालबाटै अलपत्र परेको थियो । जिल्ला संकट व्यवस्थापन केन्द्रको आग्रहमा सेनाले शब ब्यवस्थापनमा सहयोग गरेको हो । केन्द्रको निर्णय अनुसार नै अस्पतालबाट शव निकाल्नेदेखि अन्तिम संस्कार अनुसार व्यवस्थापन गर्ने कार्य नेपाली सेनाको टोलीले गरेको हो ।
नेपाली सेनासहित टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो । जेठ १ गतेबाट क्रिमसन अस्पतालमा उपचार गराइरहेका शिक्षकमा सोमबार कोरोना संक्रमण देखिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies