एजेन्सी : अफगानिस्तान सरकारले दुई हजार तालिबान बन्दीलाई रिहा गरेको छ । तालिवान विद्रोहीले इदको अवसरमा तीन दिन अस्थायी युद्धविराम गरेपछि शान्ति वार्ताको पहलस्वरुप सरकारले बन्दीलाई रिहा गरेको हो ।
तालिबानसँगको शान्तिवार्ता प्रति प्रतिबद्ध रहेको सन्देश दिनका बन्दी रिहा गरिएको बताइएको छ । राष्ट्रपति असरफ घानीले तालिवानसँग आगामी चरणका वार्ताका लागी तयार रहेको पनि बताएका छन । तालिवानले आगामी वार्ताका लागि बन्दी रिहाईलाई मुख्य मुद्दालाई मुख्य मुद्दा बनाएका थिए ।
तालिवान समूहले पनि सरकार पक्षीय एक हजार जनालाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । अफगानिस्तान अठार बर्षदेखि गृहयुद्धमा छ । शान्ति प्रक्रियाका लागि भएका प्रयास अहिलेसम्म सफल हुन सकेका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies