काठमाडौं : नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि छ ।
उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन । मन्त्रिपरिषद्को निर्णयअनुसार गत शुक्रबार संविधान संशोधन विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको थियो ।
सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies