गौरीशंकर जयसवाल/मध्यान्ह
परासी : नेपाल कम्यूनिष्ट पाटी (नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले नेकपा जिल्ला कमिटी पश्चिम नवलपरासीका सचिवालय सदस्य स्व. सिताराम चौधरी पार्टीका इमानदार र बफादार कार्यकर्ता रहेको बताएका छन् ।
मन्त्री चौधरीले चौधरी सामाजिक कार्यकता तथा एक थारु अगुवासमेत रहेको बताए । स्व. चौधरीको नवौ दिनको पुण्यतिथिका अवसरमा नेकपा जिल्ला कमिटीले शुक्रबार स्व. चौधरी कै घरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उनले सो कुरा बताएका हुन् । मन्त्री बैजनाथ चौधरीको प्रमुख आतित्थ्यतामा भएको श्रद्धाञ्जली सभा जिल्ला अध्यक्ष भविश्वर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । श्रद्धाञ्जली सभामा पार्टीका नेता कार्यकता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
शुक्रबार नै नेकपा रामग्राम नगर कमिटीको आयोजनामा पार्टीका सदस्य रामग्राम ५ निवासी स्व. रामजतन हरिजनको घरमा श्रदाञ्जली सभाको आयोजना गरेको छ । नेकपा केन्द्रीय सदस्य तथा प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलेको प्रमुख आतित्थ्यता नगर इन्चाज बुद्धन अलीको अध्यक्षतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।
नेकपा नवलपरासीका सचिवालय सदस्य सिताराम चौधरीको ललितपुर स्थित अल्फा अस्पतालमा निधन भएको थियो भने पार्टीका सदस्य रामजतन हरिजनको चितवनमा उपचारको क्रममा जेठ १२ गते निधन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies