सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका– २ पकडीमा भारतीय नागरिकबाट ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले आज विहान हवाई फायर गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा बन्द र लकडाउनका बीच एकजना भारतीय नागरिक केही सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ती युवकले नजिकैको गाउँबाट ४०/५० जनाको समूहमा आएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले स्थिति सामान्य रहेको बताइएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सीमामा खटिएको सशस्त्र प्रहरीको टोली माथि यसअघि पनि पटक–पटक अवरोध हुने र आक्रमणको प्रयास भएको थियो । भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका कारण केही ठाउँमा विवाद हुँदै आइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies