काठमाडौं : विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुप्रति अनुदार रहने गरेको आरोप पटक–पटक लाग्दै आएको छ । जवाफमा साधन र श्रोतको अभावका कारण सेवाग्राहीहरुले चाहेजस्तो सेवा दिन नसकेको नेपाली नियोगहरुको स्पष्टीकरण हुने गरेको छ ।
तर बारा जिल्लाका शिव बच्चन साह रौनियारको आँसु देख्दा दूतावासहरुले पुर्याएको सेवा सेवाग्राहीसम्म नपुगेको देखाउँछ । गत मार्च महिनामा वैदेशिक रोजगारीका लागि यूएई पुगेका रौनियारले काम थालेकै दिन रोजगारी गुमाउनु परेर अलपत्र परेपछि सहयोगको याचना लिएर ४० पटक नेपाली दूतावास पुगेको तर राहत नपाएको बिबिसी नेपाली सेवाले उल्लेख गरेको छ ।
नेपाली दूतावासमा गएर सहयोगको याचना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिबिसीको सम्पर्कमा पुगेका उनले आँखाभरि आँसु निकाल्दै भनेका छन्, ‘दूतावासमा ४० पटक धाइसकेँ, तर मेरो कुरा कसैले सुन्दैनन् ।’ भिडियोमा उनले एउटा सिफारिश माग्दै दैनिक दूतावास पुगको बताएका छन् ।
म्यानपावर कम्पनीलाई डेढ लाख बुझाएको भन्दै उनले आफुलाई भनेको काम नदिइएको बताएका छन् । राजदूत कृष्णप्रसाद ढकालले म्यानपावर कम्पनीसँग छलफल भइरहेको र म्यानपावर कम्पनीले टिकट पठाइदिएपछि उद्धार गरी स्वदेश पठाइदिने बिबिसीलाई बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies