दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घरमाथि रहेको स्थानीय लघु जलविद्युतको नहर भत्किँदा खसेको पहिरोमा पुरिएर नौगाड ४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको हो ।
पहिरोमा परेर अन्य ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरु मध्ये मृतक कि श्रीमति चनमति महतालाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
पहिरोमा परेर स्थानीय अमर महता र गुमुवा महताको घर पुरिएको छ । धनमति महताको भान्साघर पुरिएको छ । केही पशुपंक्षीसमेत मरेको छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies