एजेन्सी : युरोपमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रुमाथिको प्रतिबन्ध फुकुवा हुने भएको छ । युरोपेली युनियनले आगामी जुलाई १ देखि प्रतिबन्ध हटाउने निर्णय गरेको हो । पहिलो चरणमा युरोपमा यात्राका लागि स्वीकृति पाउनेमा १४ सुरक्षित मुलुकहरु रहेका छन् ।
यात्रा अनुमति दिएका मुलुकमा अष्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया छन् । यसैगरी सुरक्षित देशको सूचिमा अल्जेरिया, जर्जिया, मन्टेनेग्रो, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।
महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीनलाई भने भ्रमणका लागि अनुमति दिइएको छैन । ईयुभित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies