भारत : मुलुकको सुरक्षामा खतरा रहेको भन्दै भारत सरकारले टिक टक लगायत ५ दर्जन चिनियाँ एप माथि प्रतिबन्धको घोषणा गरेको छ । भारतको सार्वभौमिकता तथा निष्ठा प्रति पूर्वाग्रही रहेको निष्कर्ष निकाल्दै त्यहाँको सरकारले ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
जसमध्ये ठुलो संख्यामा भारतमा प्रयोग भइरहेको वि च्याट एप समेत छ । ती एपहरुले गोप्य सुचना संकलन गरी चीन सरकारलाई दिएको भारतीय सुचना प्रविधि मन्त्रालयले आरोप लगाएको छ । टिक टकका १२ करोड भन्दा बढी प्रयोगकर्ता भारतमा छन् । अन्य चिनियाँ एपका अधिकांश प्रयोगकर्ता पनि भारतकै छन् ।
दुई मुलुकबीच सिमामा जारी तनावका कारण भारत सरकारले पछिल्लो प्रतिबन्धको निर्णय गरेको हो । चीन र भारत सरकारबीच लद्दाक क्षेत्रमा तनाव बढेको छ । केही समयअघि सो क्षेत्रमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies