सहबान अन्सारी / मध्सान्ह
नवलपरासी , २८ असार । नवलपरासीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जना बालकको डुबेर मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही बस्ने अलाउदिन अन्सारीको १० बर्षीय छोरा आइतबार दिउँसो सोही ठाँउ बस्ने हनिफ मियाँको गोठ पछाडी जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनलाई उपचारको लागि शहिद स्मृती सामुदायिक अस्पताल चौपता लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसै गरी प्रतापपुर गाउँपालिका २ सोनबर्षाको खजुरा खोलामा एक वर्षीय बालकको शव फेला परेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies