काठमाडौं : यो वर्षको मनसुन शुरु भएको एक महिनामा आइतबार साँझसम्म एक सय दुई जनाको मृत्यु भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार बाढी, पहिरो र चट्याङबाट एक सय दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ८२ जनाको मृत्यु भएको छ । चट्याङबााबट १७ जना र बाढीमा परेर तीन जनाको मृत्यु भएको छ ।
प्रकोप व्यवस्थापन गर्न बनेको गृह मन्त्रालय अन्तर्गतकको राष्ट्रिय आपत कालीन कार्य सञ्चालन केन्द्रका अनुसार, ३८ जना बेपत्ता छन् भने ११६ जना घाइते भएका छन् । विषेशगरी चार दिन यताको अविरल वर्षाले धेरै क्षति पुगेको छ । वर्षाले सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा लगायत पहाडी जिल्लामा धेरै क्षति पुगेको छ । पहिरोको जोखिम युक्त क्षेत्र झनै बढेर गएको छ ।
बाढी पहिरोबाबट बिस्थापित हुने संख्या रौतहटमा धेरै छन् । रौतहटमा तीन सय र लमजुङमा ४९ परिवार छन् । पहिरोले मृतक, घाइते र बेपत्ता हुने संख्या उच्च रहेको सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट लगायत जिल्लामा बिस्थापित हुनेको संख्या पनि अत्याधिक छन् ।
गृह मन्त्रालयको तथ्यअनुसार, ३९६ घरपरिवार बाढी, पहिरो र चट्याङबाट प्रभावित बनेको छ । एक महिनामा बाढी, पहिरो र चट्याङबाट २३३ घटना भएको केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएअनुसार, मध्य तथा पूर्वी नेपालका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढी छ । कोशी, कमला, बागमती, नारायणी नदीमा पानीको सतह धेरै बढेको छ ।
प्रदेश–१, २ र ५ का क्षेत्रमा आकस्मिक बाढी आउने संभावना बढी रहेकाले सचेतता अपनाउन आग्रह गरिएको छ । म्याग्दीमा २७ र जाजरकोटमा ११ जनाको पहिरोमा परी मृत्यु भएको छ । सरकारले प्रकोपबाट सतर्कता अपनाउन आग्रह गरेको छ । तत्काल उद्धारका लागि सरकारले नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । मौसम विभागले अझै तीन दिन मौसममा सुधार आउने संभावना कम छ ।
राष्ट्रिय मानव अधिकार आयोगले प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन, प्रभावकारी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरा तथा डुबानबाट वर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउनु परिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाई काम गर्न आग्रह गरिएको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, चट्याङ तथा डुबानमा परी म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट, कास्की, संखुवासभा, लमजुङ, गुल्मी, रौतहट, नवलपरासी पश्चिम, चितवनलगायत विभिन्न जिल्लामा दर्जनौँ नागरिकको मृत्यु भएको छ । झण्डै तीन दर्जन बढी बेपत्ता भएको, सयौँ परिवार विस्थापित तथा घाइते भएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै यस प्रकृतिक विपद्बाट हुन गएको जनधनको क्षतिप्रति आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies