काठमाडौं : स्वीस बैंकमा प्रधानमन्त्री केपी ओलीको नाममा ५५ लाख अमेरिकी डलर रहेको भन्ने समाचारको प्रधानमन्त्री सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।
विज्ञप्तिमा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमले स्वीस बैंकमा पैसा रहेको भन्ने भ्रामक र गलत समाचार सार्वजनिक गरिएको उल्लेख गरिएको छ । उनले ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ समाचार सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सल्लाहकार थापाले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचार विपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कारवाहीको माग समेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies