काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ ले पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ । आईसीसीले आज एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिगको घोषणा गरेको हो ।
आगामी जुलाई ३० मा इङल्याण्डमा सुपर लिग सुरु हुने भएको हो । साउथह्याम्पटनमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्ने आईसीसीले जनाएको छ । १३ टोलीको सहभागिता रहने लिग एक दिवसीय फर्म्याटमा हुनेछ । लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्डले सहभागिता जनाउँदैछन् ।
आईसीसी विश्व क्रिकेट सुपर लिग विजेता भएको कारण नेदरल्यान्ड्सले खेलमा सहभागिता जनाउन पाएको हो । हरेक टोलीले होम एण्ड अवेका आधारमा तीन खेलको चार–चार सिरिज खेल्नेछन् । सुपर लिगको शीर्ष सात टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies