२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

त्रिशूलीमा खसेर बेपत्ता चालक खोज्न गोताखोर परिचालन

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १४:२६
त्रिशूलीमा खसेर बेपत्ता चालक खोज्न गोताखोर परिचालन

मुग्लिङः नारायणगढ सडकखण्डको २ किलोमा मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा त्रिशूली नदीमा खसेका मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जनाको गोताखोर टोलीले खोजीकार्य थालेको हो ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो । घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर–३ का २७ वर्षीय रोहित राना नाम रहेको ब्लु बुक फेला परेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise