२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

पुनर्स्थापना केन्द्रभित्र कुटपिट हुँदा एक जनाको मृत्यु 

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १५:००
पुनर्स्थापना केन्द्रभित्र कुटपिट हुँदा एक जनाको मृत्यु 

काठमाडौं: बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रहरीका अनुसार मण्डलको राति २ बजेतिर केन्द्रका अन्य व्यक्तिसँग वादविवाद पछि कुटाकुट भएको थियाे ।  कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक मण्डल सुधार केन्द्रमा १५ दिनअघि मात्रै भर्ना भएका थिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

 

ADV

सम्बन्धित खबर

Advertise