२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

मझगाउँ विमानस्थलको निर्माण अघि बढाइने

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १५:५३
मझगाउँ विमानस्थलको निर्माण अघि बढाइने

काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य अघि बढ्ने भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो समयदेखि असहमति देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।

बैठकमा मन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।

२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो भने हाल १ हजार ३ सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । 

बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिए । ‘यसअघि पनि छुट्टा÷छुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन,’ उनले भने ।
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि सँगै गर्दै जाने विषयमा सहमति भएको छ । 

बैठकमा सहभागीहरूले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए ।
प्रधानसेनापति सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमति नरहेको र सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिएका थिए । 

सेनाले राखेको मागका विषयमा सम्वद्ध मन्त्रालयका मन्त्री र पदाधिकारीहरूले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकमरात्मक रहेको बताए । 

विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणका लागि प्रयासरत थिए । भीमपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा विमानस्थल ३ वर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise