काठमाडौं : मुलुक कोभिड महामारीको त्रासमा रहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई भने महाधिवेशनको चटारो लागेको छ । गुटगत भेला, छलफल, पार्टी प्रवेश देखि कार्बाही प्रकरणले काँग्रेसलाई महाधिवेशन लागेको प्रष्ट संकेत मिल्छ । सभापति शेरबहादुर देउवा पक्षले आधिकारिक फोरम मार्फत गतिविधि बढाएको छ भने संस्थापन इतर समूहले व्यक्तिगत तवरमा र गुटगत रुपमा छलफल चलाएको छ ।
बुधबार मात्रै संस्थापन इतरका नेताहरु रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतको भेला भएको छ । यो भेला पार्टी मूख्यालय सोनपामै भएको थियो । सानेपा भेलाको मकसद महाधिवेशन केन्द्रीत नै हो । तर, भन्नालाई भने सभापति देउवा बिधान बिपरीत चलेकाले कसरी रोक्ने भन्ने भनिएको थियो । काँग्रेसका एक नेता संस्थापन इतरको भेला मूख्यालयमै चल्नुको सन्देश काँग्रेसलाई महाधिवेशन लागेको रुपमै लिनुपर्ने बताउँछन् ।
संस्थापन इतरका शीर्ष नेताहरु कहिले मूख्यालय त कहिले चाक्सीबारी र महाराजगञ्जमा भेला भइरहेका छन् । उता, जिल्ला सभापतिहरुले यो अवधिमा थुप्रै भेला राखिसकेको छ । केही समय अगाडि मात्रै भक्तपुरमा भातृ संस्थाका वर्तमान र पूर्व नेताहरु सहित जिल्ला सभापतिहरुको भेला भएको थियो ।
उता, संस्थापनले भने उपसभापति विमलेन्द्र निधि नेतृत्वको नीति, अध्ययन प्रतिष्ठानमार्फत् गतिविधि अगाडि बढाएको छ भने सभापति देउवाले चार वर्ष पछाडि विभागीय सदस्य थपिरहेका छन् । यो बीचमा २८ बाट बढाएर ४७ विभाग बनाउनेमा पनि संस्थापनले धेरै भन्दा धेरै मानिस आफ्नोलाई अवसर दिएर आगामी निर्वाचन जित्नु नै हो । तर, संस्थापन इतरले भने यो निर्णयको कडा विरोध जनाइरहेको छ ।
काँग्रेसलाई महाधिवेशनको चटारो लागेको र शक्ति संघर्ष चर्किएको अर्को उदाहरण हो, २०७४ को निर्वाचनमा परेको उजुरीको सुनुवाई भर्खरै हुनु । अनुशासन समितिको निर्णय भन्दै पुराना नेता गोविन्दराज जोशीलाई पाँच वर्षका लागि कार्बाही गरेको छ । यसले एउटा महत्वपूर्ण शक्तिलाई महाधिवेशनबाट बञ्चित गराएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले त यो निर्णयको विरोध नै जनाइरहेका छन् भने पूर्व पञ्चहरुको पार्टी राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका पुत्र सुनिल थापालाई मंगलबार मात्रै काँग्रेस भित्र्याइएको छ ।
२०७२ फागुनमा काठमाडौंमा महाधिवेशन गरेको काँग्रेसले एक वर्ष समय थप गर्दै आगामी फागुनमा १४औं महाधिवेशन गर्दैछ । काँग्रेसमा हरेक चार वर्षभित्र महाधिवेशन गर्ने विधान रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies