काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले स्वदेश फर्किने कामदारहरुले मैथिली भाषामा पनि फारम भर्न पाउने व्यवस्था गरेको छ । मलेसियामा मुलतः हालको प्रदेश नं २ अन्तर्गतका मैथिली भाषी कामदारहरुको बाहुल्यता रहेको मानिन्छ । उनीहरुको हितलाई ध्यानमा राखेर उक्त प्रवन्ध गरिएको दूतावासले बताएको छ ।
उक्त फारम नेपाली र अंग्रेजी भाषामा पनि रहेको छ । तर तराईबासी युवाहरुले मैथिली भाषाको फारम भर्न सहज मान्ने गरेका छन् । दूतावासले एक महिना अघिदेखि नै तत्काल नेपाल फर्कनुपर्ने कामदारहरुको विवरण संकलन गर्न अनलाइन फारम भराउन शुरु गरेको थियो ।
एक तथ्यांक अनुसार प्रदेश नं २ अन्तर्गतको धनुषा जिल्ला वैदेशिक रोजगारमा धेरै कामदार जाने मुलुककै अग्रस्थानमा छ । २०६८ सालको जनगणना अनुसार ७ लाख ५४ हजार जनसंख्या भएको धनुषाबाट ३ लाख ४९ हजार युवाहरू वैदेशिक रोजगारीमा गएको बताइएको छ ।
धनुषापछि धेरै युवाहरु वैदेशिक रोजगारीमा जाने जिल्लामा झापा रहेको छ । झापापछि धेरै युवा वैदेशिक रोजगारीमा गएका जिल्लाहरु प्रदेश नं. दुई अन्तर्गतकै सिरहा, सप्तरी, महोत्तरी र सर्लाही रहेका छन् । यी जिल्लाबाहेक मोरङ, नवलपरासी, सुनसरी र रुपन्देही जिल्लापनि धेरै युवा वैदेशिक रोजगारीमा गएका जिल्ला हुन् । उनीहरुमध्ये अधिकांश मलेसिया गएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies