सिरहा : सिरहाको सुखीपुर नगरपालिका एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएको छ । सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक विद्यालयमा रहेको कोरेन्टाईनमा भएको पिसिआर टेष्टमा सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशाखका ८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।
सुखीपुर नगरपालिका भरीमा भएको ८३ जनाको पिसिआर टेष्टमा ८ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमित देखिएका सबैजना भारतको हरियाना बाट काम गरेर फर्किएका २१, २२, २५, २६, २८, २९, ३५ र ४२ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुलाई आइसोलेसनका लागि सिरहाको धनगढीमाई नगरपालिका– ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा लग्ने तयारी भइरहेको प्रमुख यादवले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies