भोला थापा क्षेत्री/मध्यान्ह
कतार : भेटा हुँदा परेरै दङ्गै,
कर्नेश तिर घुमौला संग सगै
पानि कुवामा “२”
यहि आउने शुक्रबार ट्याक्सी चढी सरर... भेट्न आऊ मायाँलु कतार दोहामा...
माथिको गीत कतारमा कर्मथलो बनाउदै आएका लोक तथा दोहोरी गायक / गायिका रमेश भुजेल र गुना मगर (मगर्नी छुच्ची निशु) को स्वरमा सजिएको “कतार दोहामा” को एक टुक्का हो ।
‘कतार दोहामा‘ बोलको लोक दोहोरी एल्बम भर्खरै युटुबमा सार्वजनिकसमेत भएको छ , जसमा शब्द संगीत प्रकाश दर्नाल (शितल) र रमेश भुजेलले भरेका छन भने एरेन्ज निरज थापाले गरेका हुन् ।
गीतलाई रेकर्डिङ संगीत महल क्रियसन दोहाबाट नै गरिएको होे भने भिडियो सम्पादन तथा छायाङ्कनपनि दोहाबाट नै प्रकाश दर्नाल (शितल)ले गरेका हुन् ।
कतारको राजधानी दोहा नजिकैको सामुन्द्रिक किनार “कर्नेश” कोरोना अगाडी निकै नेपालीहरुको भीड लाग्ने एउटा रमणीय गन्तव्य पनि हो ।
सामुन्द्रिक छालसंगै नजिकै गगनचुम्बी महालहरुसगै बाटोमा विभिन्न देशका संयौ मानिसहरु संगितका तालमा नाच्दै सवार गरिरहेको एकै लहरमा देख्न सकिने उक्त गन्तव्यमा नेपाली युवा युवतीहरुको पनि निकै बहुल्यता हुने गरेको पाइन्छ ।
अहिले सामाजिक संजालमा साथी बनाई छिट्टै भेट्न बोलाउने ठाउँ कतारको सजिलो लोकेशन कर्नेश नै हो, जहाँ हरेक कुराहरु उपलब्धसमेत रहेको भन्ने सुन्निछ । तर कतारमा पछिल्लो समयमा कोराना भाइरस संक्रमणका कारण लकडाउन भएसगै कुनै पनि सार्वजनिक कार्यक्रम तथा भीडभाड गर्न बन्देज गरिएको छ ।
कतारले लकडाउन खुकुलो पारेपनि पूर्णरुपमा सबैतिरभने पहिलाको जस्तो खुल्ला गरिएको छैन । सार्वजनिजक स्थल र सुपरमार्कटहरुमा घुम्दा सोसल डिस्टान्स कायम गर्नु पर्ने र माक्स अनिवार्य लगाउनु पर्ने नियम छ ।
कतारमा कोरोनाको बाबजुत पनि नेपाली कला/संस्कृतिलाई भुल्न नदिन र कतारमा नेपाली युवा युवतीहरु सामाजिक संजालमा जोडिए देखि भेटमा मया र प्रेमका भावहरुलाई कतारमा कार्यरत कलाकारहरुले ‘कतार दोहामा’ बोलको लोक दोहोरी गीतमार्फत जस्ताको तस्तै उतारेका छन ।
गीत सार्वजनिक गर्नलाई सपना सांगितका कलाकारहरुले सहयोग गरेको र गीतको भिडियोलाई मुस्कान इन्टरटेनमेन्ट युटुब च्यानलबाट २८ अगष्ट शुक्रबारका दिन सार्वजनिक गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies