यामराज बिष्ट/मध्यान्ह
दैलेख : पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा नयाँ कलाकारहरु अाउने क्रम जारी छ।कलाकारहरुले आ-आफ्नो प्रस्तुति फरक फरक तरिकाले गरेका छन् । बजारमा पनि फरक फरक खालका लाेकगीतहरु आउने क्रम जारी नै छ ।
लोकगीत बास्तवमा युवा युवतीदेखि वृद्ध वृद्धासम्म सबैको मन मुटुमा बस्न सफल भएको हुन्छ । यस्तै सानैदेखि गीत संगितमा रुचि राखेका गायक, रचनाकार , संगितकार , माेडल र निर्देशक लाेकेन्द जिसी ( कुमार ) पछिलो समयमा लोकप्रिय बन्दै गएका छन् । हुने विरुवाको चिल्लो पात भने झैं उदारणका पात्र बनेका छन् - उनी ।
पेशाले शिक्षक भए पनि बर्षे विदाकाे अवसरमा काठमाडौं गएर गीत संगीत रेकर्डिङ गर्छन् जिसी । गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने कलाकार जिसी फुर्सदको समयमा आफुले गीतहरु बजारमा ल्याएकाे मध्यान्ह दैनिकलाई बताए ।
सामान्यतः: दैलेखबाट कलाकारिता क्षेत्रमा लाग्न निकै गाह्रो छ । बाल्यकालदेखि नै गीत संगित क्षेत्रमा रुचि राखेका जिसी दु:ख गरेपछि मेहेनतको फल एकदिन अवश्य मीठो हुन्छ भन्नेमा बिश्वास राख्छन् । स्थानीयदेखि राष्ट्रियस्तरका महोत्सवहरुमा आफ्नो सुरीलो गायन कण्ठले हजारौंलाई मन्त्रमुग्ध पारेका छन् उनले ।
‘कस्तो माया लाएँ‘ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका जिसीका पछिल्लो समयमा आफ्नै लय, शब्द र स्वरमा माया गर्ने मुटुलाई रेटिसक्यौ, तिमी जस्ती नक्कली माेरी, रुमाल माेहाेनी, रानी महलैमा लगायत ४ दर्जनभन्दा बढी लाेकगीत बजारमा आइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies