काठमाडौं : साउदी अरबले आजदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा खुला गर्ने निर्णय गरेको छ । साउदी सरकारले आफ्नो देशको परिचयपत्र (अकामा) बसोबासको अनुमति भएका र भिजिट भिसा भएका विदेशहरुलाई साउदी अरब प्रवेशका लागि अनुमति दिने निर्णय गरेको हो ।
तर साउदी पुग्नुभन्दा ४८ घण्टा अघिको कोरोना भाइरस (कोभिड–१९) को पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने शर्त राखेको छ । साउदी अरेबियाले आज देखि नै अन्तर्राष्ट्रिय उडानमा केही खुकुलो बनाउने बताएको छ । साउदी अरबले सबै प्रकारका आवागमन भने २०२१ जनवरी १ देखि पूर्णरुपमा खुल्ने बताएको छ । अरब न्यूजका अनुसार साउदीमा ९३ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies