डिलकुमारी नेपाल / मध्यान्ह
चितवन, भदाै ३०। चितवनमा प्रहरीले नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेकाे छ। चितवनको भरतपुर महानगरपालिका वडा नं ११ स्थित इन्द्र बहादुर घलानको घरमा जुवातास खेलिरहेको सूचना प्रहरीमा पुगेपछि प्रहरी टेली त्यहॉ पुगेको थियो । प्रहरीले रु ४५ हजार ७०० नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटी गएको प्रहरी टोलीले घरधनी इन्द्र बहादुर घलानसहित भरतपुर महानगरपालिका वडा नं.३ बस्ने वर्ष ४५ को कृष्ण बहादुर घलान, कालिका नगरपालिका वडा नं.३ बस्ने वर्ष ३३ को बिकास गुरूङ, रत्ननगर नगरपालिका वडा नं.९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, नवलपरासी गैडाकोट नगरपालिका नं.१ बस्ने वर्ष ३० को दिपक आचार्यलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेकाे हो । उनिहरुलाई जुवा सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट हिरासतमा राखि अनुसन्धन गर्न म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies