-रुपा थापा, विदुर १ नुवाकोट
मैले मेरो मुक्तिको लागि गाउने गीतहरुले
जब जब तिमिलाई बिझाउँछ
तिमि तिम्रो चर्को आवाजहरुले
मेरो कोमल आवाजलाई
चलिरहेका ति बतासहरुसँगै उडाउन खोज्छौ ।
अध्यारो त्यो रातमा
त्यो तिम्रो आकृति
त्यति डरलाग्दो कसरी हुन सक्छ
जुन मैले प्रत्येकपल्ट
मेरो मुक्तिको लागि चाल्ने
मेरा पाइलाहरुले महसुस गर्छन र त्रसित बन्छन
मैले मुक्तिको लागि उठाएको हतियारले
किन रोक्न सकेन
ति स्त्री योनिहरुको मृत्यु
कोमल ति फूलहरुलाई
सजिलैसँग कुल्चिन सक्ने
तिम्रा ति पाइलाहरु
त्यति निर्दयी कसरी हुन सक्छन् ।
यहाँ जीवन र मृत्युको चक्र
मैले तिम्रो हातमा सुम्पिनु पर्ने
अनि मलाई विना कसुर
मृत्यु दण्डको सजाए दिने
तिम्रा हातहरु त्यति क्रृर कसरी बन्न सक्छन
मेरा योनिबाट बग्ने रगतको मुल्य
अनि मेरो मृत्युको कारण
तिम्रो नजरमा त्यति मुल्यहिन कसरी हुन सक्छ
जस्लाइ तिमि कुल्चिदै छौँ
उ कुनै पलास्टिकको पुतली थिइन् ।
उ भित्र एउटा श्वास चल्दै थियो
जस्को अन्त्य तिमिले भर्खरै ग¥यो
आज मुक्तिका लागि तिम्रो सामु
सयौँ ति स्त्री योनिहरु
यदि निर्वस्त्र भएर निस्किए भने
कसरी भन्न सक्छौँ तिमि फेरि
त्यो लाजलाई ढाक्नु भनेर तिमिले ।
के मेरी स्यानी छोरीहरुले
आफ्ना लाजलाई ढाकेकी थिइनन् र
जसलाई तिमिले गिद्द जसरी लुछ्यौ
अब मुक्तिका लागि उठ्ने आवाजहरुलाई
नसोच्नु तिमिले त्यति सजिलै
दबाउन सक्छौ भनेर
अब हामि एक भएर
एक पल्ट फेरि लड्ने छौँ
तमाम ति स्त्री योनिहरुको मुक्तिको लागि
जुन केवल तिम्रो अहमताको कारण मारिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies