काठमाडौं : २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई र जगदम्बा–श्री पुरस्कार भारतको दार्जिलिङ निवासी गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।
पुरस्कृत स्रष्टाले चार–चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त प्राप्त गर्नेछन । गतबर्षदेखि पुरस्कार राशि दोब्बर पारिएको हो । गत बर्ष प्रकाशित १ सय ५१ पुस्तकमध्येबाट बानियाँको उपन्यास महारानीले मदन पुरस्कार पाएको हो ।
मदन पुरस्कार २०१३ सालदेखि प्रदान गरिदै आएको छ । जगदम्बा–श्री पुरस्कारको स्थापना भने २०४५ सालमा जगदम्बा रानीको निधनपछि गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies