काठमाडौं : लामो समयदेखि नेपाली काँग्रेसमा आस्था राखी क्रियाशिल हुँदै आएका वैदेशिक रोजगार व्यवसायीहरुले पार्टीमा जिम्मेवारी पाउने क्रम बढेको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापती शेर बहादुर देउवाले न्यौपानेलाई मनोनित गरेका हुन् ।
यसअघि एसोसिएसन तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकाल पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समिति सदस्यमा मनोनित भएका थिए । त्यस्तै नेपाली काँग्रेस स्याङ्जाको युवा नेता एसोसिएसनका सल्लाहकार शेष कान्त पुरी पनि जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनित भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies