काठमाडौंः वुमन्स डे कपमा नेपाल आज (बिहीवार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुँदैछ ।
आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन् । खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ । आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।