काठमाडौं : कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाई राज्यले उपेक्षा गरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटन दिवसलाई कालो दिन घोषणा गर्दै मजदुरहरुले आज काठमाडौंको भृकुटिमण्डपमा विरोध र्याली निकालेका हुन् ।
लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ । पाँच वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको मजदुरहरुको आरोप छ ।
धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएकाले पर्यटन दिवसको दिनलाई कालो दिनको रुपमा मनाउन विरोध प्रदर्शन गरिएको मजदुरहरुले बताएका छन् । गत वर्षको चैत महिना यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर्दा पर्यटन क्षेत्र ठप्प भएको थियो । जसका कारण हजारौंको संख्यामा रहेका पर्यटन मजदुरको रोजगारी गुमेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies