२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

प्रधानमन्त्री कपमा लुम्बिनीले निकाल्यो दोस्रो जित

hardik ivf
मध्यान्ह
२०८१ फागुन २९ गते १६:४५
प्रधानमन्त्री कपमा लुम्बिनीले निकाल्यो दोस्रो जित

काठमाडौं  : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको छ । यो लुम्बिनीको दोस्रो जित हो भने गण्डकीको दोस्रो हार हो ।  

सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९.५ ओभरमा २१७ रन बनाउँदै अलआउट भएको थियो । 

लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन मात्रै बनायो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ६२ रन बनाए । उनले ८६ बलमा ८ चौका प्रहार गरे । 

अर्का ओपनर मुस्कान थापाले २४ रन बनाए । बंश क्षेत्रीले १२ रन बनाउँदा सुवास भण्डारीले ३० रन बनाए । सुजन गौतमले १०, कमल परियारले १५ रन बनाए। अमृत गुरुङ २४ रनमा अविजित रहे । 

लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३ विकेट लिए । बिप्रसन केसीले २ विकेट लिए । रमेश कुर्मी र नर बहादुर सार्कीले १–१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको लुम्बिनीको लागि प्रज्ज्वल थापाले सर्वाधिक ७२ रन बनाए । उनले ७९ बलमा ७ चौका र १ छक्का प्रहार गरे । 

ओपनरद्वय मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ३८ र २४ रन बनाए । कप्तान देव खनालले ३३ रन बनाउँदै क्याच भए । केसीले २५ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गण्डकीको लागि अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेल र कप्तान विपिन खत्रीले समान २–२ विकेट लिए । सुवास भण्डारी, कमल परियार र  क्षेत्रीले १–१ विकेट लिए ।
 

ADV

सम्बन्धित खबर

Advertise