काठमाडौं : गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको विषयमा गीतहरू लेख्न रुचाउने गीतकार गुरुङकै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोमा प्रेममा धोका पाएकी युवतीको कथालाई देखाइएको छ । लामो समयदेखि बेलायतमा बस्दै आउनुभएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य श्रृजनामा निरन्तरता दिने बताएकी छन् ।
सार्वजनिक गीतमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । जसमा संगीत अर्जुन सुनमको रहेको छ भने एरेञ्ज बीबी अनुरागीको रहेको छ । एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई निर्देशक कुशल श्रेष्ठले कलात्मक शैलीमा श्रब्य दृश्य मार्फत प्रस्तुत गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता ध्रुब दत्त, निरू कोइराला र आस्था जोशी बटाजुको जिवन्त अभिनय देख्न सकिन्छ । बेलायतमा नै छायाँकन गरिएको भिडियोको छायाँकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै रहेको छ । निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्रका गीत र म्युजीक भिडियो गरी तीन दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies