सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंम्बर - १४ बुइपामा सुबिधा सम्पन्न रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगको छ । पूर्व पहाडी जिल्लाकै ब्यवस्थित निर्माणाधिन रङ्गशालाको काम अन्तिम चरणमा पुगेको हो । बुइपाका अग्रज प्रभुराम राईको अगुवाई तथा ईलाभेन स्पोर्टस क्लबको पहलमा २०६५ सालदेखि शुरु गरिएको खेलमैदान हाल रङ्गशालामा परिवर्तन भएको हो ।
करिब ३३ रोपनी क्षेत्रफलमा निर्माणाधिन रङ्गशाला एक सय ३० मिटर लम्बाई र ९० मिटर चौडाई रहेको छ । रङ्गशाला निर्माणका लागि चन्दा संकलन गरेर निर्माण कार्य थालिएको खेल मैदान ,अहिले सुबिधा सम्पन्न पक्की प्याराफिटसहित राष्ट्रिय मापदण्ड अनुरुप रङ्गशालाको रुपमा विकासको कामले गति लिएको हो ।
रङ्गशालालाई नगरपालिकाले आफ्नो गौरवको आयोजनाको रुपमा लिएर ६० लाख रुपैयाँ बजेट बियोजित गरेको थियो भने प्रदेश सरकारले पनि ६० लाख रुपैयाँ बजेट बिनियोजित गरेको थियो ।
नगरपालिकाले यस आर्थिक बर्षमा पनि रङ्गशालाका लागि ५० लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको बताएको छ । जिल्लामै व्यबस्थित रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेसँगै खेलाडीहरु उत्साहित बनेका छन् ।
जिल्ला खेलकुद विकास समितिले भने खेलाडिहरुलाई आबश्यक ट्रेनिङ दिई राष्ट्रियस्तरको खेलमा सहभागी गराउने बताएको छ । रङ्गशालामा आसन कक्ष सहित ब्यवस्थित मञ्च, दर्शकका लागि दुई वटा पक्की प्याराफिट, खानेपानी साथै शौचालयको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies