२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह

shivam cement
मध्यान्ह
२०८१ चैत २ गते १२:४८
गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह

पाल्पाः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई सङ्कटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै त्यो परिस्थितिको उपज भएको बताए। 

देश सङ्कटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेको उल्लेख गर्दै उनले सङ्कटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भने । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए । उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताए । 

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गरे । राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उनको जोड थियो ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise