बिकाश काफ्ले / मध्यान्ह
पाल्पा : नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि पाल्पाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको भैरवनाथ मन्दिर ६ महिना बन्द भयो थियो । मन्दिर वरिपरीको ब्यापारबाट पेट पाल्ने केही महिना जसोतसो गरेर गुजारा चलाए । अहिले केही आम्दानी हुने आशामा पसल खोल्न थालेका छन् ।
तर, पसलका अधिकांश सामानहरु विग्रिएपछि उनीहरु थप चिन्तित छन् । अहिले भैरवनाथ मन्दिरमा चढाउने रोट पाक्न थालेको छ । आर बि रोट घरका वीर वहादुर पोखरेलले १२ वर्षदेखि भैरवनाथ मन्दिर परिषरमा रोट पकाउँदै आएका थिए । ६ महिनाको अवधिमा उनलाई कसरी घरखर्च चलाउने भन्ने समस्या भयो । ५ जनाको परिवार मन्दिरमा चढाउने रोटको व्यवसायबाट सजिलै पालिँदै थियो । बीचमा कोरोनाको कारण कहिल्यै आर्थिक समस्याले उनलाई हिजोआज पिरोल्दै छ। अहिले रोट पठाउन थालेको तर बड्दो कोरोनाका कारण र मलमास महिना पनि भएकोले भक्तजन नआएको पोखरेलको भनाइ छ ।
यता मन्दिर नजिकै फूल–प्रसाद र उपहार सामग्रीको व्यापार गर्दै आएकी एस. एस रोट घरकी शान्ता कार्कीको अनुहार अशान्त छ र , उत्तिकै चिन्तित पनि । ‘हिजोमात्रै ३ बोरो गुण, १ पोका नरिवल, माला, पोते, फोटोहरु काम नलाग्ने भएर फालेँ ’ मुख निन्याउरो पार्दै उनले भनिन् , आज शनिबार भएर १/२ जना भक्तजन आए पनि अरु दिन आउदैनन् । पेसा नै धरापमा परेको पसल बन्द गर्नुपर्यो ।’ त्यसयता आम्दानीको स्रोत गुमेको कार्कीको गुनासो थियो । यहाँ रोट र पुजा सामग्रीको व्यवसाय गर्नेहरुको अवस्था अहिले नाजुक बन्दै गएको छ ।
अहिले मन्दिरमा दर्शनार्थीको उपस्थिति शून्यप्रायः छ । भैरवनाथ मन्दिरका पुजारी जित नाथ योगीले भने, ‘ पहिलो झै भक्तजन आउनु भएको छैन ।’ ‘नव दुर्गाको समय आएको छ हेरौं नव दुर्गामा कतिको भक्तजनको आगमन हुन्छ ? मन्दिर परिषरमा फूलप्रसाद र उपहार सामाग्रीको व्यवसाय संचालनगर्दै आएकी लक्ष्मी थापा क्षेत्री आशाबादी छन् ।
भैरवनाथ मन्दिर व्यवस्थापक मिन ब. वुडाथोकी अहिले मन्दिरमा आम्दानीको स्रोत नहुँदा कर्मचारीलाई तलब दिन पनि समस्या भएको बताउँछन् । तर भक्तजनको स्वस्थ्यलाई ख्याल गरि अहिले एक जना कर्मचारी थपेर मन्दिर आउनुहुने भक्तजनामा माक्स र भौतिक दुरीको कडाइ गरि पुजा ब्यबस्थापन गरिएको, माक्स नलाइ आउनेलाई माक्र्स व्यवस्था गरिएको र स्यानिटाइजर प्रयोग गरिएको , मेसिन गनद्वारा जोरो नाप्ने व्यवस्था गरेको र आउनेको नाम नम्बर ठेगाना टिप्ने गरिएको व्यवस्थापक बुडाथोकीले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies