काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेको नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटपछि आलोचना भइरहेका वेला नेता पोखरेलको यस्तो भनाइ आएको हो । सामाजिक सञ्जालमा उनले भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटेको दाबी गरेका छन् ।
भेटको विषयलाई लिएर प्रधानमन्त्रीको विरोध भएकोमा असन्तुष्टी जनाउँदै पोखरेलले विरोधको योजना हो या नियति भन्ने प्रश्न गरेका छन् ।
सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका वेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् ।
उनले आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गर्दै नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् भन्ने कामना गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies