२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरु

shivam cement
रासस
२०८१ चैत ११ गते १३:३७
फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरु

तुलसीपुरः दाङको राप्ती गाउँपालिकामा फोहोरबाट इन्टरलक र टायर उत्पादन गर्न सुरु भएको छ । दाङको राप्ती गाउँपालिका–२ पूण्यपुरमा प्लाष्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन सुरु गरिएको हो । 

पालिकाभित्रको प्लाष्टिकजन्य फोहोरबाट यसरी मोहर बनाउने अभियानबमोजिम उक्त कार्य गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए । फोहोरमुक्त पालिका निर्माणका लागि इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरी उक्त कार्य गरिएको हो । 

साथै उनले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको जानकारी दिए । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष विष्टको भनाइ छ । ‘यो नेपालमै पहिलोपटक फोहोरलाई यस प्रकार वातावरणमैत्री उत्पादनमा रूपान्तरण गर्ने परियोजना हो’, उनले भने, ‘यसको सफलता भनेको स्थानीय सरकारहरूको क्षमतामा नयाँ युगको सुरुआत हो ।’ 

साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि सुरु गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise