एजेन्सी : दिल्ली क्यापिटल्सलाई पाँच विकेटको लज्जास्पद हार चखाउँदै मुम्बई ईण्डियन्स पाँचौ पटक ईण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जिन सफल भएको छ । पहिलो पटक फाइनलमा पुगेको दिल्लीले भने उपाधि जित्ने मौका गुमाएको छ । फाइनलमा दिल्ली ब्याटिङ र बलिङ दुवैमा चुक्यो ।
पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । दिल्लीले सुरूवात राम्रो गर्न सकेन । महत्वपूर्ण तीन विकेट गुमाउँदा मात्र २२ रन बनाएको थियो । ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट हुदा अजिम्के रहाने पनि २ रनमा आउट भए । यी दुवैलाई ट्रेन्ट बाउल्टले आउट गरे । लगत्तै शिखर धवन पनि १५ रनमा पबिलियन फर्के ।
यसपछि श्रेयस अयर र रिसब पन्तले इनिङ सम्हालेर तेस्रो विकेटको लागि ९६ रनको साझेदारी गरे । दुवैले अर्धशतकिय पारी खेले। रिसब पन्त ५६ रनमा आउट हुदा श्रेयश अयर अविजित ६५ रनमा क्रिजमा रहे। दिल्लीका तीन खेलाडीले मात्र दोहोरो रन बनाए । बलिङमा ट्रेन्ट बाउल्टले तीन विकेट लिए ।
जवाफमा १ सय ५७ रनको विजय लक्ष्य पछ्याएको मुम्बइले १८ दशमलव ४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो । मुम्बईलाई जित दिलाउन कप्तान रोहित शर्माले ५१ बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतले ६८ रनको इनिङस खेले ।
यस्तै इशान किसनले अविजित ३३ र डि ककले २० रन बनाए। बलिङमा एनरिच नोर्टजेले दुई विकेट लिए । यसरी पाँच विकेटको सहज जितमा मुम्बई ईण्डियन्स पाँचौ पटक च्याम्पियन बन्न सफल रह्यो ।
दिल्ली दोस्रो स्थानमा खुम्चियो भने यो पटक नेपाली लेग स्पीनर सन्दीप लामिछानेले खेल्ने मौका भने पाएनन । यसअघि दुई सिजन सन्दीपले खेल्ने मौका पाएपनि यो पटक भने मैदानमा उत्रन पाएनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies