शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहा प्रहरीले अबैध लागु औषधसहित एक जनालाई लहानबाट आज पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ति टोलीले सिरहाको लहान नगरपालिका वडा नं. १९ कटहा चौकस्थित लहान नगरपालिका ३ बस्ने १९ वर्षीय प्रमानन्द गुप्तालाई चेकजाँच गर्दा उनको साथबाट अबैध लागु औषध फेनार्गन ४७ एम्पुल, डाईजेल्याप ४७ एम्पुल र नोर्फिन ४७ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies