बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पारवती चन्द, दनपा ४ भगीरथ पाण्डे, दनपा २ कृष्ण लावड र सुर्नयाँ ४का कलावती चन्द रहेको प्रहरीले जनाएको छ । त्यस्तै रविन्द्र चन्द, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट, प्रदिव लावड घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताला बैतडी ल्याइएको छ । जीप सडकबाट करिब सय मिटर तल खसेको भने भने चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण यकिन हुन नसकेको बैतडीका प्रहरी नायब उपरिक्षक नारायण अधिकारीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies