काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार प्रहरी तथा सुरक्षागार्डमा अनुचित तरिकाले कामदार छनोट गर्ने प्रयास भइरहेको भन्दै त्यसविरूद्व कारवाही गर्ने वैदेशिक रोजगार विभागको कदम उचित भएको बताएको छ ।
सोमबार राजधानीका तीनवटा स्थानमा सुरक्षागार्डको अन्तर्वार्ता भइरहेको बेला विभागले हस्तक्षेप गरी कागजपत्र जफत गरेकोे थियोे । मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव सुजितकुमार श्रेष्ठले ईजाजत पत्र प्राप्त सबै म्यानपावर कम्पनीको कामदार पठाउन पाउने समान अधिकार रहेको बताए ।
संघले बिभिन्न बहानामा सिण्डिकेट लगाएर वैदेशिक रोजगारमा एकाधिकार जमाउने प्रयास भइरहेको भन्दै त्यस्तो प्रवृत्तिको विरूद्व सवै व्यवसायी एक हुनुपर्नेमा जोड दिएको छ । संघले सिण्डिकेट खडा गर्ने, एकाधिकार कायम गर्ने काममा नलाग्न पनि सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies