सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा अवैध तस्करीमा संलग्न एक मोटरसाईकल सहित अन्दाजी २ लाख ३४ हजार ९ सय ५० मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न ठाउँहरुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार सरावल गाउँपालिका वडा नं. ७ बर्दघाटे पुल स्थित नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको ४ बोरामा २ सय के.जी. सेतो मटर प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त सेतो मटर मोटरसाइकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि बोरा फाली मानिस मोटरसाइकलसहित भागेका थिए ।
त्यसैगरी प्रतापपुर गाउँपालिका वडा नं.४ पचपेडाबाट मोटरसाईकल सहित अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको २० बोरामा ५५० केजी हरियो मटर र भारतबाट अवैध रुपमा भन्सार छली यु पी ५७ ए ८२१० नं.को भारतिय मोटरसाईकलमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख २४ हजार ९ सय ५० मुल्य बराबरको सोफासेटको थानकपडा, लेडिज सुट, साडी लगायतका सामानहरु सिमा प्रहरी चौकी महेशपुरले नियत्रणमा लिएको हो ।
उक्त मोटरसाइकलको अन्दाजी मुल्य ५० हजार बराबर रहेको छ । नियन्त्रणमा लिएको मोटरसाइकलसहित सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies