यामराज बिष्ट/मध्यान्ह
दैलेख : दैलेखमा प्रहरीले फरार अवस्थामा रहेका दुई जनालाई पक्राउ गरेको छ । फरार रहेका दुई जना अभियुक्तलाई ९ वर्ष पछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भगवतीमाई गाँउपालिका वडा नं ४ जगनाथका ५४ वर्षीय चक्र बहादुर शाही र ३१ वर्षीय केशव बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेख जानकारी दिएको छ ।
दैलेख जिल्ला अदालतबाट जातीय छुवाछुत तथा भेदभाव मुद्दामा ८ महिना कैद र जरिवाना सजाय तोकिएका पक्राउ परेका दुई जनालाई कैद जरिवाना भुक्तानीको लागी दैलेख जिल्ला अदालतमा पेश गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies