काठमाडौं : कुवेतले अवैध घरेलु मदिराको कारोवारमा पक्राउ परेका नेपालीलाई देश निकाला गरेपनि नेपालीले मदिरा उत्पादन र बिक्री गर्न छोडेका छैनन् । कुवेतको शुविया भन्ने क्षेत्रको रीक्रामा अवैध मदिरा उत्पादनको कारखानामा छापा मारी कुवेती प्रहरीले १ सय ४० व्यारेल मदिरासहित केही नेपालीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका नेपालीहरु कुवेतमा लामो समयदेखि भिसाविहीन भई अवैधरुपमा बसेकाहरु रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । पक्राउ पर्नेहरुमा महिला र पुरुष नेपाली रहे पनि संख्या खुलाइएको छैन ।
कुवेतमा निरन्तररुपमा नेपाली कामदारहरु अवैध मदिरा उत्पादन र बिक्रीका घटनामा पक्राउ पर्ने गरेका छन् । केही महिनाअघि कुवेतको महाबुल्ला क्षेत्रमा ८ नेपाली र जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिलासहित चार जनालाई पक्राउ परेका थिए ।
कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक छ । तर छोटो समयमा नाफा कमाउन चाहने नेपालीले अवैध घरेलु मदिराको कारोवार गरिरहेका देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies