काठमाडौं : वैदेशिक रोजगार क्षेत्रका ६४ जनाविरुद्ध सर्वोच्च अदालतमा रहेको बहुप्रतिक्षित भ्रष्टाचार मुद्दा लामो समयपछि पेशीमा चढे पनि मंगलवार सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र हरि प्रसाद फुयालको संयुक्त इजलासमा पेशी तोकिएको उक्त वहुप्रतिक्षित मुद्दा पक्षका कानून व्यवसायीबाट पेशी स्थगित गराइएका कारण सुनुवाई हुन नसकेको हो ।
मोहम्मद मुस्ताक मियाँ समेत ६४ जनाले विशेष अदालतको फैशलाबिरुद्ध सर्वोच्च अदालतमा २०७४ भदौ महिनामा पुनरावेदन गरेको वैदेशिक रोजगार क्षेत्रको चर्चित मुद्दा सर्वोच्च अदालतमा नै नौ पटक पेशी चढि सकेको छ ।
व्यवसायीहरु श्यामप्रसाद श्रेष्ठ, हर्कबहादुर लिम्बु लगायतका व्यवसायी पुनरावेदक रहेको मुद्धामा व्यवसायीहरुलाई सेटिङ्गका आधारमा रिसवत लिई वैदेशिक रोजगारीमा पठाउन भ्रष्टाचार गरेको अभियोग छ भने कर्मचारी रमेशप्रसाद मैनाली, अजिता शर्मा, निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, दीपकप्रसाद खतिवडा, चन्द्रहरि लुईँटेल, पप्पुकुमार साह, रामप्रसाद पोखरेल, सन्तोष सुवेदी, हिराध्वज कार्की, अवेदुल्लाह मक्सुद, रजा उल्लाह, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भूजेल र रमेशकुमार अधिकारी लगायतका विरुद्ध भ्रष्टाचार गरेको अभियोग छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगमा दुवईको भिजा ईन्टरनेटमा नदेखिए श्रमस्वीकृति दिन नमिल्ने विभाग स्वयंले बनाएको नियमलाई उल्लंघन गर्दै प्रतिव्यक्ति १५ हजार ‘घुस’ लिएर संस्थागत फाइलबाट अन्तिम स्वीकृति दिएको मुख्य अभियोग लगाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies