काठमाडौं : वैदेशिक रोजगार विभागले म्याानपावर सरह एजेन्सीको काम गर्ने गरी इजरायलमा पाँच सय जना कामदार पठाउन सम्झौता गरेरै दिन नेपाल वैदेÞशिक रोजगार व्यवसायी संघले भने आन्दोलनको घोषणा गरेको छ ।
विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष निकाल्दै संघले औपचारिक रूपमा आन्दोलन घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले आगामी आइतबार सुधारका माग राख्दै विभागको ध्यानाकर्षण गर्न घेराउ कार्यक्रम राखेको बताएको छ ।
संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको बताएको छ ।
संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन वाध्य पारेको बताए ।
महासचिव सुजित कुमार श्रेष्ठले व्यवसाय प्रवद्र्धन तथा सुशासनका लागि विभागले गर्नुपर्ने अत्यावश्यक सुधार गर्न आनाकानी गर्ने तर तर्साएर नियन्त्रणमा राख्ने शैली देखाएको दावी गरे ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies