काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले व्यवसायीको हितका लागि नेपाल वैदशिक रोजगार व्यवसायी संघले गर्ने कार्यक्रममा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालको अध्यक्षतामा शुक्रबार बसेको एसोसिएसन कार्यसमिति बैठकले उक्त निर्णय गरेको एसोसिएसनका महासचिव भवानी निरौलाले जानकारी दिए ।
वैदेशिक रोजगार विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष निकाल्दै संघले औपचारिक रूपमा आन्दोलन घोषणा गरेको छ । संघले आफ्ना माग पुरा गराउन दवाब दिने उद्देश्यले आइतबार बुद्धनगरस्थित विभागको कार्यालय घेराउ गर्ने कार्यक्रम घोषणा गरिसकेको छ ।
संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको आरोप लगाएको छ ।
एसोसिएसन अध्यक्ष ढकालले संघको नेतृत्वमा हुने आन्दोलनको सफलता नै व्यवसायीहरुका समस्याको समाधान भन्दै सबै व्यवसायीहरुलाई एकसाथ सडकमा उत्रिन आह्वान समेत गरेको बताए । एसोसिएसनले वैदेशिक रोजगार व्यवसायमा चौतर्फी आक्रमण भएको भन्दै त्यसको पूर्णरुपमा भत्र्सना गरेको बताएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies