२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

Nada
२०८२ वैशाख १२ गते ०८:४६
Shares
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

नेपालगञ्ज : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । 

ncell

अपराह्न ४:०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच भिडन्त हुने छ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए।  

एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताएका छन् । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५  र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । 

ताजा खबर

सम्बन्धित खबर